"आज मिति २०६८ साल फागुन महिना ८ गते अर्थात् मेरो दीक्षान्त कार्यक्रमको दिन| मेरो जीवनको अत्यन्त महत्वोपूर्ण दिन हो आज किनकि मैले बर्षौंको मेहेनतको प्रतिफल पाउँदै छु| हो, मैले पोखरा विश्वविधालयको स्नातक तहमा ‘विज्ञान तथा प्रविधि’ संकायबाट सर्वाधिक अंक प्राप्त गरेको छु| सुनेको थिए उक्त संकायबाट अहिलेसम्मकै धेरै अंक हो मेरो| हुन पनि हो, ३.९९ GPA ल्याउनु सामान्य कुरा थिएन र मैले सजिलै ल्याएको पनि हैन अनि कसैले दान दिएको पनि हैन मेरो अंक| मैले रात दिन मेहेनत गर्दै अन्य रमाइलो बिर्सिएको कारण सम्भव भएको हो यो सफलता| तसर्थ म उत्साहित छु; म आफ्नै कावुमा छैन आज| बिहानदेखि नै म छिन-छिनमा घडी तिर हेर्दै छु १ कतिखेर बज्ला भनेर; दीक्षान्त कार्यक्रमको शुभारम्भ १ बजे तोकिएको छ|
‘सुन्दर’ विशेषणमा ‘य’ प्रत्यय जोडिएर बनेको शब्द हो ‘सौन्दर्य’| यो शब्द कुनै ब्यक्ति वा बस्तु को आवरण को ब्याख्या गर्न प्रयोग गरिन्छ| भनिन्छ सौन्दय हेर्ने मान्छेको आँखामा हुन्छ रे| तर मलाई लाग्छ, सौन्दर्य आँखा मात्र नभएर हरेक संबेदनशील अंगले अनुभव गर्ने कुरा हो| मुहारमा मात्र नभएर कसैको आवाजमा, कसैको स्पर्शमा अनि कसैको विचारमा लुकेको हुनसक्छ अदित्यिय सौन्दर्य| यसलाई केवल नियाल्न अनि अनुभव गर्न आबस्यक हुन्छ|
|
AuthorSuman Ojha is an Engineer but also has keen interest in writing and enlighting:) Subscribe
Archives
June 2015
Categories
All
Share
|